दमौली । दशैंको अवसरमा म्याग्दे गाउँपालिका-५ स्थित धार्मिकस्थल कालाभैरम मन्दिरमा ‘हाइकिङ विथ चंगा चैट एण्ड दशैं ग्रिटिङ्स’ कार्यक्रम सम्पन्न भएको छ ।
लियो क्लव अफ तनहुँ म्याग्दे र लियो क्लव अफ खैरेनीटार दुलेगौडाको संयुक्त आयोजना मन्दिर परिसरमा चंगा चैट कार्यक्रम गरिएको हो ।
धार्मिक पर्यटन प्रबर्द्धन गर्ने र ट्रेकिङ ट्रेललाई पनि व्यवस्थित गर्ने उद्धेश्य सहित कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
दशैमा चंगा उडाउने चलन लोप हुदै गएकाले यसको पनि संरक्षण गर्ने उद्धेश्य राखिएको लियो क्लव अफ म्याग्देका अध्यक्ष शैलेश अधिकारीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव अफ म्याग्देका प्रथम उपाध्यक्ष एवं लियो सल्लाहकार गौरवराज रानाले दुई क्लवबीच आपसी सद्भाव र भाईचारा कायम गरी नेतृत्व विकास गर्न कार्यक्रमले सहयोग पुग्ने बताए ।
कार्यक्रममा लियो क्लव अफ खैरेनीटार दुलेगौडा मन्त्रका अध्यक्ष प्रज्वल गुरूङ, एनएलएफ म्यानेजमेन्ट चियरपर्सन नविन घिमिरे, मन्त्रका सचिव निराजन श्रेष्ठले कार्यक्रममाथि प्रकाश पारेका थिए ।