दमौली । व्यास नगरपालिका-३ वडा कार्यालयको लगानीमा खुल्ला मैदानमा पिङ निर्माण गरिएको छ । दशैंका लागि वडा कार्यालयले खुल्ला मैदानमा पिङ निर्माण गरेको हो ।
व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेनाको श्रमदानमा दुई वटा पिङ निर्माण गरिएको वडाध्यक्ष अनुप रानाले जानकारी दिए।
‘दशैंमा पिङ खेल्नुपर्छ भन्ने मान्यता छ, तर आजभोलि पिङ हाल्ने प्रचलन हराउँदै गएको छ,’ उनले भने, ‘संस्कृति संरक्षणका लागि पिङ हालिएको हो ।’
दुईवटा पिङमध्ये एउटा बालबालिकाका लागि खेल्नका लागि बनाइएको हो ।