दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ दलबीच क्षेत्र बॉडफॉट सकिएको छ । सत्तारुढ दलबीच भएको सहमति अनुसार दुई प्रतिनिधि सभा र दुई प्रदेश सभा नेपाली कांग्रेसको भागमा परेको छ ।
यस्तै दुई प्रदेश सभा क्षेत्र नेकपा माओवादीको भागमा परेको छ । गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले भने तनहुँमा कुनै सिट पाएन ।
नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ तनहुँ-१ र २ पाएको छ । प्रदेशसभातर्फ तनहुँ १ (१) र तनहुँ २ (२) कांग्रेसको भागमा परेको छ ।
माओवादीको भागमा तनहुँ १ (२) र तनहुँ २ (१) परेको छ ।
नेकपा एसले तनहुँमा एक प्रदेशसभा आश गरेको थियो। नेकपा एसले सिट नपाएपछि नेता तथा कार्यकर्ता असन्तुष्ट भएका छन् । नेकपा एसका जिल्ला अध्यक्ष श्रीराम कार्कीले आफूहरु आन्दोलनको सहकर्मी भएको बताउँदै कसैको नोकर र खेताला नभएको बताए ।