राप्रपा तनहुँमा उम्मेदवार टुंगियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपा तनहुँमा उम्मेदवार टुंगियो

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७९, शनिबार

    दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि राप्रपाले तनहुँमा उम्मेदवार टुंगो लागेको छ ।

    राप्रपाले तनहुँ-१ को प्रतिनिधि सभामा विनोद घर्तीलाई उम्मेदवार बनाएको छ ।

    तनहुँ १ प्रदेश १ मा विवेक न्यौपाने र प्रदेश २ मा राजु गोतामे उम्मेदवार बन्नेछन् ।

    तनहुँ-२ को प्रतिनिधि सभामा नरेन्द्रप्रताप महत उम्मेदवार बन्नेछन् । तनहुँ २ प्रदेश १ मा रेशमराज अधिकारी र प्रदेश २ मा श्यामकुमारी राई उम्मेदवार बन्नेछन्।