तनहुँमा माओवादी उम्मेदवार: चुमान दोहोरिए, न्यौपानेले मौका पाए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँमा माओवादी उम्मेदवार: चुमान दोहोरिए, न्यौपानेले मौका पाए

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७९, आईतवार

    दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा नेकपा माओवादीका उम्मेदवार टुंगिएका छन् । माओवादीले तनहुँ १ प्रदेश २ र तनहुँ २ प्रदेश १ मा उम्मेदवार टुंगो लगाएको हो ।

    तनहुँ १ प्रदेश २ मा माओवादीका हरिबहादुर चुमान दोहोरिएका छन् । २०७४ को निर्वाचनमा विजयी चुमान गण्डकी प्रदेशका पूर्वमन्त्री पनि हुन् ।

    तनहुँ २ प्रदेश १ मा भने राजेन्द्रकेशरी न्यौपानेले मौका पाएका छन् । जिल्ला संयोजक मदन आलेको पनि दावी रहेको यो क्षेत्रमा न्यौपानेले बाजी मारेका छन् ।