दमौली । पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहुँ-१ को प्रतिनिधिसभ् सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर जोशीले आइतबार उम्मेदवारी दर्ता गरेका हुन् ।
जोशीको प्रस्तावकमा रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन् ।
२०७४ को निर्वाचनमा पनि उम्मेदवारी दिएका जोशीको उम्मेदवारी रामचन्द्र पौडेलको उजुरीपछि निर्वाचन आयोगले खारेज गरेको थियो ।