तनहुँमा मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन र एमाले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँमा मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन र एमाले

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७९, सोमबार

    दमाैली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच नै प्रतिस्पर्धा हुने भएको छ । तनहुँका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । दुवै निर्वाचन क्षेत्रमा अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएपनि मुख्य प्रतिस्पर्धी सत्तारुढ गठबन्धन र एमाले हो ।

    तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा काङ्ग्रेसका रामचन्द्र पौडेल, प्रदेश १ मा अशोककुमार श्रेष्ठ र प्रदेश २ मा नेकपा माओवादीका हरिबहादुर चुमान प्रतिस्पर्धामा छन् ।

    तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा एमालेका एकबहादुर राना, प्रदेश १ मा रामबहादुर गुरुङ र प्रदेश २ मा पूर्णबहादुर गुरुङ प्रतिस्पर्धामा छन् ।

    तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा काङ्ग्रेसका शङ्कर भण्डारी, प्रदेश १ मा माओवादीका राजेन्द्रकेशरी न्यौपाने र प्रदेश २ मा काङ्ग्रेसका जीतप्रकाश आले प्रतिस्पर्धामा छन् ।

    तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा एमालेका शङ्कर भण्डारी, प्रदेश १ मा श्यामराजा महत र प्रदेश २ मा केदार सिग्देल प्रतिस्पर्धामा छन् ।