


दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार तनहुँका दुवै क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ । तनहुँमा उम्मेदवारी दिएका उम्मेदवार उपर कुनै उजुरी परेन ।
निर्वाचन कार्यतालिका बमोजिम सोमबार उम्मेदवार उपर उजुरी गर्न सकिनेमा कसैप्रति पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तनहुँ-१ मा प्रतिनिधि सभा र प्रदेश सभा अन्तरगतका उम्मेदवार उपर उजुरी नपरेको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुंवरले जानकारी दिए । तनहुँ-१ मा स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशी विरुद्ध उजुरी पर्ने आशंका गरिएको थियो । २०७४ मा रामचन्द्र पौडेलको उजुरीमा जोशीको उम्मेदवारी खारेज भएको थियो ।
त्यस्तै तनहुँ-२ मा पनि प्रतिनिधि सभा र प्रदेश सभा अन्तरगतका उम्मेदवार उपर उजुरी नपरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए ।