


दमौली । नेपाली लेखक सघ तनहुँको अध्यक्षमा शंकरराज नहर्की चयन भएका छन् । संघको हालै सम्पन्न पाँचौँ अधिवेशन एवं बाह्रौँ साधारणसभाबाट नहर्कीको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।
संघको उपाध्यक्षमा कृष्णहरी गैह्रे, सचिवमा अञ्जना तिमिल्सेना , सहसचिवमा दिवाकार घिमिरे, कोषाध्यक्षमा श्रीकान्त घिमिरे सदस्यहरुमा कल्पना आचार्य, भवानी अधिकारी,सत्तार मिया, महेन्द्रराज शर्मा, चक्रबहादुर अधिकारी र अमरराज नहर्की रहेका छन् ।