विश्व बास्तोलाद्वारा उम्मेदवारी फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    विश्व बास्तोलाद्वारा उम्मेदवारी फिर्ता

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०७९, बुधबार

    दमाैली । नेपाली कांग्रेसका पूर्व सचिव विश्व बास्तोलाले तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी फिर्ता लिएका छन् ।

    स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उनले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् । बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय थियो ।

    तयारी नपुगेका कारण आफूले उम्मेदवारी फिर्ता लिएकाे बास्तालाले बताए । ‘केही अनलाइनमा मैले कसैलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिए भनेर समाचार आएछ, त्याे निराधार हाे,’ उनले खबरपुञ्जसँग भने, ‘म कसैसँग पूर्वाग्रही छैन । पछि समर्थन गरे भने सार्वजनिक रुपमै भन्नेछु ।”

    एमालेकाे समर्थनमा निर्वाचन लड्ने तयारी गरेपनि एमालेले आफ्नाे उम्मेदवारी कायमै राखेपछि बास्तालाले उम्मेदवारी फिर्ता लिएकाे बुझिएकाे छ ।