दमाैली । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) तनहुँले चार वटा प्रदेशसभा क्षेत्रमा उम्मेदवारी कायमै राखेको छ । सत्तारुढ गठबन्धन दलसँगको सहमतिमा एउटा प्रदेशसभा मागेको नेकपा एसले तनहुँमा एक सिट पनि नपाएपछि चारवटै प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दिएको थियो ।
सत्तारुढ दलका शीर्ष नेताले सहमति विपरित उम्मेदवारी दिएका ठाउँमा उम्मेदवारी फिर्ता लिन निर्देशन दिएपनि तनहुँमा उम्मेदवारी फिर्ता भएन । आफूहरुको पार्टीका तर्फबाट चारवटै प्रदेशसभा क्षेत्रमा उम्मेदवार रहेको र पार्टीका उम्मेदवारका पक्षमा मत मागिने नेकपा एसका अध्यक्ष श्रीराम कार्कीले बताए ।
तनहुँ १ प्रदेश १ मा विद्यानाथ ढकाल, २ मा कलिला खान, तनहुँ २ प्रदेश १ मा दुर्गाकुमार श्रेष्ठ र २ मा पिएल श्रेष्ठ उम्मेदवार बनेका छन् ।
पार्टीको उम्मेदवार नहुँदा समानुपातिक मत माग्न जान पनि अप्ठ्यारो हुने भएपछि नेकपा एसले उम्मेदवारी दर्ता गराएको बुझिएको छ ।