एमालेको वडा सम्पर्क कार्यालय उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    एमालेको वडा सम्पर्क कार्यालय उद्घाटन

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०७९, बिहीबार

    दुलेगौडा । मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले शुक्लागण्डकी-८ मा वडा सम्पर्क कार्यालय उदघाटन गरेको छ ।

    तनहुँ २ प्रदेश १ अन्तरगत सबै वडाहरुमा सम्पर्क कार्यालय खोल्ने तयारी बमोजिम बिहीबार उक्त वडामा कार्यालय खोलिएको हो ।

    उक्त कार्यालयको प्रदेश सभा सदस्य उम्मेदवार श्यामराजा महतले उदघाटन गरे ।

    कार्यक्रममा उनले एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताए । कार्यक्रममा नेकपा एमाले शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिमिल्सिना, सचिव रघुनाथ पौडेलले बोलेका थिए ।