दमौली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्दराज जोशीले निर्वाचन लक्षित सम्पर्क कार्यालय स्थापना गरेका छन् । व्यास-२ स्थित बालमन्दिर मावि अगाडी खोलिएको कार्यालयको बिहीबार जोशीले उदघाटन गरे ।
कैची चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका जोशीले कांग्रेसमा बढेको विकृति र विसंगतिका विरुद्धमा आवाज उठाउन प्रतिनिधिसभामा उम्मेदवार बनेको बताए । कांग्रेस बिसर्जनको बाटोमा अगाडी बढेको भन्दै उनले भने, ‘कांग्रेसमा विकृति र विसंगति बढेको छ ।’
कार्यक्रममा वरिष्ठ अधिवक्ता परशुराम गिरी, सुकुम गुरुङ, कमलभक्त पोख्रेल, इन्द्र दरै लगायतले यस पटक जोशीलाई अत्याधिक मत सहित विजयी गराउनुपर्ने बताए ।