छाब्दीमा पूजा गरेर सुरु भयाे जाेशीकाे चुनावी अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    छाब्दीमा पूजा गरेर सुरु भयाे जाेशीकाे चुनावी अभियान

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्दराज जोशीले छाब्दी बाराहीमा पूजा गरी चुनावी अभियानको सुरु गरेका हुन् । जाेशीले व्यास नगरपालिका-१४ स्थित छाब्दीमा पूजा गरी चुनावी अभियान सुरु गरेका हुन् ।

    साे अवसरमा व्यास-१, १२, १३ र १४ का जनताको नेता जोशीसँग भेट गर्नको लागि भिड लागेको थियो । छाब्दीबाट पुजा गरी जोशीले चुनावी कार्यक्रमको सुरुवात गरेकोमा खुसी लागेको छाब्दीवाराही निवासी हिमबहादुर रानाभाटले बताए।

    सो अवसरमा नेता जोशीले उम्मेदवारहरुमा कसले राम्रो काम गरेको छ त्यसको मूल्याङ्कन गरी मतदान गर्नुपर्ने बताए। विगतमा आफूले गरेको काम सबैलाई छर्लङ भएको उल्लेख गर्दै नेता जोशीले तनहुँमा देखिने गरी कुनै पनि योजना नपरेको र तनहुँका जनता विकासबाट पछाडी परेकोले उम्मेदवार बनेको बताए।

    जितेपछि पहिले जसरी नै जोशीले तनहुँको विकासको मुल फुटाउन र युवालाई रोजगारीको लागि विदेश जान नपर्ने अवस्था बनाउन स्थानीयले आग्रह गरेका थिए । नेता जोशीले कहिल्यै पनि झुटो नबोल्ने र गुमेको तनहुँकाे राजनीतिक हैसियत कामय राख्न उम्मेदवार बनेको धारणा राखेका थिए ।

    कार्यक्रममा संविधान सभा सदस्य उर्मिला थापा, नेता शुकुमलाल गुरुङ, जिल्ला संयोजक हरिशरण पण्डित, वरिष्ठ अधिवक्ता परशुराम गिरी, अधिवक्ताहरु गोविन्द पन्थ, अभियान्ता रामदेव पन्थ, विष्णुकुमार श्रेष्ठ, आरती थापा लगायत सहभागी थिए ।