देश परिवर्तन गर्न सक्ने एउटा मान्छेको खॉचो छ, म त्यो बन्न चाहन्छु : रवि लामिछाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देश परिवर्तन गर्न सक्ने एउटा मान्छेको खॉचो छ, म त्यो बन्न चाहन्छु : रवि लामिछाने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले देश परिवर्तन गर्न सक्ने व्यक्तिको खॉचो रहेको बताएका छन् । तनहुँको दमौलीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै लामिछानेले देशलाई उन्नतिमा लैजान सक्ने व्यक्तिको आवश्यकता रहेको बताए ।

    ‘देश यस्तो बनोस् की सबैले रोजगारी पाउन्, कृषि क्रान्ति होस्, पर्यटनले फड्को मारोस्,’ उनले भने, ‘सबै जनताले भन्न सकुन देशमा यस्तो मान्छे बल्ल पायौ ।’ लामिछानेले त्यस्तो व्यक्ति आफू बन्न चाहेको र त्यही सपना लिएर राजनीतिमा आएको उल्लेख गरे ।

    देश बनाउने संकल्प लिएर राजनीतिमा आएको बताउँदै उनले त्यो सम्भव रहेको बताए । ‘प्रविधिको विकास भइसकेको छ, पुरानो पुस्तालाई जस्तो हामीलाई काम गर्न गा्ह्रो छैन,’ उनले भने ।