प्रतिनिधिसभा, प्रदेशसभा, गाउँ नगर र वडा तहसम्म एमालेको निर्वाचन कार्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    प्रतिनिधिसभा, प्रदेशसभा, गाउँ नगर र वडा तहसम्म एमालेको निर्वाचन कार्यालय

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७९, बिहीबार

    दमाैली । मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले तनहुँले सबै तहमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ ।

    एमाले तनहुँले दुवै प्रतिनिधिसभा, चार वटा प्रदेशसभा, दश वटा गाउँ नगर र ८५ वटै वडामा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको एमाले केन्द्रीय सदस्य भगवती न्यौपानेले जानकारी दिइन् । “सबै तहसम्म निर्वाचन कार्यालय स्थापना गरेर एमाले पूर्ण रुपमा निर्वाचनमा होमिएको छ,” उनले भनिन् ।

    तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश १ र २ को सम्पर्क कार्यालय बिहीबार डुम्रेमा स्थापना गरिएको छ । उक्त कार्यालयको एमाले पोलिटव्युरो सदस्य टुकराज सिग्देलले उद्घाटन गरे ।

    कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एकबहादुर राना, प्रदेश १ का उम्मेदवार रामबहादुर गुरुङ, २ का उम्मेदवार पूर्णबहादुर गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

    तनहुँ क्षेत्र नम्बर १ काे निर्वाचन कार्यालय दमाैलीमा र २ काे दुलेगाैडामा स्थापना गरिएकाे छ ।