भिमाद । तनहुँ क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार घरदैलाे अभियानमा व्यस्त छन् । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर भण्डारी र प्रदेश सभा सदस्यका उम्मेदवार जितप्रकाश आले जनताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त रहेका हुन्।
उनीहरुले मंगलबार भिमाद नगरपालिका वडा नम्बर ५ को ऋषिङपाटन, घिरिङ गाउँपालिका वडा नम्बर ५ को नेपालडाँडा, कौसुन्डीटोलमा घरदैलो र भेटघाट गरेका छन् ।