दमौली । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार किरण गुरुङले विकासको नेतृत्व एमालेले मात्र गर्न सक्ने बताएका छन् । एमाले स्थायी कमिटी सदस्य गुरुङले एमालेको नेतृत्वमा विकासका काम भएकाले मंसिर ४ को निर्वाचनमा पनि एमालेले जित्नुपर्ने बताए ।
तनहुँको व्यास नगरपालिका-५ चिन्तुटारमा शुक्रबार आयोजित मतदाता भेटघाटमा गुरुङले भने, ‘विकासको जिम्मा हामी लिन्छौ, एमालेले मात्र विकास गर्न सक्छ, त्यसको पुष्टि काम गरेकै दिएका छौ ।’
तनहुँ क्षेत्र नम्बर २ का धेरै ठाउँमा सडक, पुल, खानेपानीको सुविधा पुगेको भन्दै उनले भने, ‘संघमा केपी ओली र प्रदेशमा पृथ्बीसुव्वा गुरुङ नेतृत्वको सरकारले गरेको कामको जनताले मूल्यांकन गर्ने बेला आएको। जनताले फेरि एमालेलाई जिताउनेछन् ।’
आफूहरुले फोस्रा आ़श्वासन नदिने र काम गरेरै देखाउने गुरुङले बताए । कांग्रेसबाट विकास सम्भव नभएको भन्दै उनले भने, ‘रामचन्द्र पौडेलले सधैं जितेको तनहुँ-१ मा विकासको अवस्था के छ, सबै छर्लङ्ग छ ।’