विकास याेजना अलपत्र परेका छन्, त्यसलाई पूरा गराउँछाै : पाैडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    विकास याेजना अलपत्र परेका छन्, त्यसलाई पूरा गराउँछाै : पाैडेल

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७९, आईतवार

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताएका छन् ।

    तनहुँको देवघाट गाउँपालिकास्थित वैदी, कोटाका मतदातासँग शनिबार आयोजित भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विगतमा काङ्ग्रेसले सुरु गरेका विकासका योजना अलपत्र परेकाले त्यसको निरन्तरताका लागि आफू उम्मेदवार बनेको बताए ।

    गत निर्वाचनमा जनतामा भ्रम फैलिएका कारण आफूले चुनाव हारेको भन्दै पौडेलले यसपटक जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे । “अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि तनहुँमा रु दुई अर्ब भन्दा बढी बजेट आएको छ, काङ्ग्रेसको नेतृत्वमा विकास सम्भव छ,” पौडेलले भने ।

    मङ्सिर ४ गते हुने निर्वाचनका लागि पौडेलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । तिहार अगाडी एक चरणको घरदैलो सक्नुभएका पौडेलले शुक्रबार मात्रै पुनः गृहजिल्ला आएर घरदैलोलाई निरन्तरता दिएका छन् ।