दमौली । तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ का उम्मेदवार दुर्गाकुमार श्रेष्ठले उम्मेदवारी निस्कृय बनाएको घोषणा गरेका छन् । श्रेष्ठले सोमबार प्रेस विज्ञप्ती जारी गरी उम्मेदवारी निस्कृय बनाएको र नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
श्रेष्ठले तनहुँ-२ मा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार किरण गुरुङ र प्रदेश १ का उम्मेदवार श्यामराजा महतलाई समर्थन गर्ने बताएका छन् । श्रेष्ठ नेकपा एकीकृत समाजवादी तनहुँका सचिव हुन् ।