जनताको समर्थनले उत्साहित छु, चुनाव जित्नेमा ढुक्क छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    जनताको समर्थनले उत्साहित छु, चुनाव जित्नेमा ढुक्क छु

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०७९, बुधबार

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यतिबेला उम्मेदवार घरदैलोमा व्यस्त छन् । उम्मेदवारहरु आफ्ना एजेण्डा सुनाउँदै मतदाता रिझाउन व्यस्त छन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अशोककुमार श्रेष्ठ यतिबेला आफ्नो प्रदेश निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा घरदैलोमा व्यस्त छन् । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिका, २,३,४,७,८,९,१०,११ र भानु नगरपालिकाका १३ वडा पर्दछन् । लायन्स क्लव ३२५ वि १ का पूर्व गर्भनर, व्यास क्षेत्र विकास कोषका अध्यक्ष रहेका श्रेष्ठ आफूले चुनाव जित्ने दावी गरे । चुनावी सन्दर्भलाई लिएर श्रेष्ठसँग गरिएको कुराकानी :

    तपाईका एजेण्डा के छन् ?
    अहिलको सन्दर्भमा विशेषगरी युवा, महिला, कृषि लक्षित एजेण्डा लिएर घरदैलो गरिरहेको छु । युवालाई अगाडी बढाउने, महिला जागरण अभियान सञ्चालन गर्ने, कृषिलाई बढावा दिन कृषकलक्षित कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने मेरा मुख्य एजेण्डा हुन् । भोलिका दिनमा युवा नेतृत्व स्थापित गर्न सहयोग गर्ने एजेण्डा सहित मतदाता भेटघाटलाई अगाडी बढाइरहेको छु ।

    मतदाता भेटघाटमा गाउँगाउँ पुगिरहनुभएको छ, जनताका अपेक्षा के पाउनुभयो ?
    अहिले जनताको धेरै ठूलो अपेक्षा छैन । खानेपानी व्यवस्था, सडक स्तरोन्नति, विद्यालय सञ्चालन, मल बीउ समयमै उपलब्ध गराउने जस्ता मतदाताका अपेक्षा रहेको पाएँ । गाउँमा भएका सडक स्तरोन्नति हुनुप¥यो, नाला निर्माण हुनुप¥यो । चरम खानेपानीको समस्या भएको ठाउँमा खानेपानी व्यवस्थापन हुनुप¥यो भन्ने आम मतदाताको माग छ । विद्यालय चलाउन समस्या छ, निजी स्रोतबाट विद्यालय सञ्चालन भइरहेको ठाउँमा शिक्षक दरबन्दी थप हुनुप¥यो भन्ने माग छ । समयमै मल पाउनुप¥यो । युवाहरुलाई विदेशमा भन्दा देशमै रोजगारीको व्यवस्था हुनुप¥यो भन्ने माग रहेको पाएँ ।

    चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ र आधार के हुन् ?
    घरदैलोमा जाँदा जनताबाट प्राप्त समर्थन नै मेरो जितको आधार हो । जुन जुन ठाउँमा गएको छु त्यहाँका जनताले तपाईजत्तिको मान्छेले जित्नुपर्छ भनेका छन् । सबैबाट सहयोग गर्ने प्रतिबद्धता पाउँदा उत्साहित छु । विभिन्न सामाजिक संघसंस्थामा बसेर काम गरिसकेकाले मेरा बारेमा आम मतदाता जानकार रहेछन् । कुरा भन्दा काम गर्ने व्यक्तिको रुपमा मलाई मतदाताले चिन्नुभएको रहेछ । आम मतदाताबाट प्राप्त हौसला नै मेरो जितको आधार हो । चुनाव जित्नेमा ढुक्क छु ।