तनहुँको विकासको निरन्तरताको लागि मेरो उम्मेदवारी हो : जाेशी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँको विकासको निरन्तरताको लागि मेरो उम्मेदवारी हो : जाेशी

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०७९, शनिबार

    दमाैली । प्रतिनिधी सभा सदस्यमा तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवार बनेका गोविन्दराज जोशीले तनहुँको विकास निरन्तताका मुख्य उद्धेश्य रहेकाे बताएका छन् । तनहुँको आँबुखैरेनी बजारमा शनिबार आयोजित प्रथम चुनावी सभालाई सम्बोधन गर्दै जाेशीले उक्त कुरा बताएका हुन् ।

    बहुदलीय व्यवस्थाको पुर्नस्थापना पश्यात आफू मन्त्री भएको समयमा विकासका पूर्वाधारहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, सञ्चार, पुलपुलेसा, विद्युतीकरण र रोजगारीको क्षेत्रमा समेत देखिने गरेर परिवर्तन ल्याएको स्मरण गदै जोशीले आज ती संरचनाहरु विकासको गतिमा अघि बढ्नु भन्दा झन् जीर्ण र असुरक्षित भएको बताए ।

    २०१७ साल पश्चात दलबिहीन पञ्चायत व्यवस्थाको सुरु भएपछि पुनः बहुदलीय व्यवस्थाको स्थापनार्थ आफूले १० जना व्यक्तिलाई जम्मा गरेर नेपाली काँग्रेसको पुर्नगठन गरेको स्मरण गर्दै पछि पार्टी प्रवेश गरेको व्यक्तिबाट नै आफूलाई विभिन्न प्रकारका षडयन्त्र गरी झण्डै २० वर्ष देखि पार्टीबाट बाहिर पार्ने खेल गरिएकोले पनि आफूले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

    पूर्व वडा अध्यक्ष सुनाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ बाल कुमारी लोहनी , वरिष्ठ अधिवक्ता परशुराम गिरी , स्वतन्त्र अभियान्ताहरु सकुमलाल गुरुङ , कमलभक्त पोख्रेल, सोल बहादुर चितौरे मगर लगायतले बाेलेका थिए ।