काठमाडौ । नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।भूकम्प मापन केन्द्रका अनुसार ताप्लेजुङ केन्द्रविन्दु बनाई ५.३ रेक्टरके भूकम्प गएको छ ।
आइतवार राति १० बजेर १८ मिनेटमा प्रदेश १ का पहाडी तथा तराईका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको हो।
भूकम्पको धक्का खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङसहितका जिल्लामा पनि महसुस भएको छ।