दमौली । नेकपा एमालेका तर्फबाट तनहुँ-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एकबहादुर रानाले विगतमा पटक-पटक जितेर गएकाहरुले यो क्षेत्रका विकासका लागि सिन्को नभॉचेको बताएका छन् । भानु नगरपालिका-३ खहरेमा सोमबार आयोजित घरदैलोका क्रममा रानाले जनताको समस्या यथावत रहेको आरोप लगाए ।
तनहुँ-१ को विकासका लागि आफू पदमा नहुँदा पनि लागिपरेको बताउँदै रानाले यो क्षेत्रको समग्र विकासका लागि एमालेले जित्नपर्ने बताए ।
एमालेले सार्वजनिक गरेको घोषणापत्र कार्यान्वयन गरिने भन्दै रानाले भने, ‘युवा स्वरोजगार, कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउनेतर्फ ध्यान दिन्छौ ।’