मतदाता भन्छन् – ऋषिङमा एमालेको नेतृत्वमा विकास अगाडी बढेको छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    मतदाता भन्छन् – ऋषिङमा एमालेको नेतृत्वमा विकास अगाडी बढेको छ

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७९, बुधबार

    ऋषिङ । तनहुँको ऋषिङमा नेकपा एमालेको नेतृत्वमा विकास अभियान अगाडी बढेको मतदाताले बताएका छन् । २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भई गण्डकी प्रदेशको अर्थमन्त्री बनेका किरण गुरुङको नेतृत्वमा ऋषिङमा विकास निर्माणका कामले गति लिएको मतदाताको भनाई छ ।

    बुधबार ऋषिङको मधुवनटार, पिपलटार लगायतका ठाउँमा आयोजित मतदाता भेटघाटका क्रममा उनीहरुले गुरुङको पहलमा यो क्षेत्रमा सडक, पुल, खानेपानी लगायतका क्षेत्रमा करौडौ बजेट विनियोजन भएको बताए ।

    मंसिर ४ गते हुने निर्वाचनमा तनहुँ-२ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका गुरुङले आफूहरु गफभन्दा काम गर्ने बताए । एमालेको नेतृत्वमा भएका विकासका कामलाई पूरा गरिने गुरुङले बताए ।

    प्रदेश सभा सदस्य उम्मेदवार केदार सिग्देलले तनहुँ क्षेत्र नम्बर २ मा आफूहरुले गरेको कामको मूल्यांकन गर्ने बेला आएको बताए ।

    बुधबार गुरुङ र सिग्देलले ऋषिङका विभिन्न वडामा घरदैलो गरेका थिए ।