दुलेगौँडा । तनहुँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार विहान बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर व्यास नगरपालिका–१ खकौलीका ३० बर्षीय कमल बहादुर दरैको मृत्यु भएको हो ।
दरैले लु ३ त १३३५ नम्बरको ट्याक्टरले बारी जोत्दा अनियन्त्रियत भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । खड्काका अनुसार बारीको डिलबाट खसेको ट्याक्टरमा च्यापिएका दरै गम्भिर घाइते भएका थिए ।
उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा उनको मृत्यु भएको हो । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।