‘गणेशमानको आदर्श र सिद्धान्त भुल्न हुँदैन’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘गणेशमानको आदर्श र सिद्धान्त भुल्न हुँदैन’

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०७९, बिहीबार

    दमौली । नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व. गणेशमान सिंहको योगदान अतुलनीय रहेकोमा जोड दिइएको छ । नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा बिहीबार दमौलीमा गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले स्व. सिंहको योगदानलाई सँधै सम्मान गर्नुपर्ने बताए ।

    संविधानसभा सदस्य रामचन्द्र पोखरेलले स्व. सिंहको योगदानलाई कसैले पनि भुल्न नमिल्ने बताउँदै उहाँले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने पार्टीहरुलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन गणेशमानको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

    समितिका कार्यवाहक सभापति रामचन्द्र बस्नेत, सचिव समुन्द्र गोदार लगायतले गणेशमान सिंहको योगदानको चर्चा गरेका थिए ।

    सोही अवसरमा व्यास नगरपालिका–२ मा रहेको गणेशमान सिंहको अर्धकदको शालिकामा पुष्प अर्पण गरिएको थियो ।