


दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी-४ वेनीटारबाट लागुऔषध सहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास-४ का १८ वर्षीय युकसन गुरुङ रहेको प्रहरीले जनाएको छ ।
भैरहवा तर्फबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ८५९५ नम्बरको बसमा सवार उनलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
निजको साथबाट डाईजोपाम ५९ एम्पुल, फेनेरागन ५९ एम्पुल र नुर्फिन ६० एम्पुल गरी जम्मा १७८ एम्पुल अवैध लागुऔषध बरामद गरिएको छ। उनी विरुद्ध तनहुँ अदालतबाट ६ दिनको म्याद थप गरिएको छ ।