


दमौली । तनहुँ १ प्रदेश १ का उम्मेदवार अशोककुमार श्रेष्ठले जनभावना अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका श्रेष्ठले घरदैलोका क्रममा उक्त कुरा बताएका हुन् ।
नेपाली कांग्रेसका नेता श्रेष्ठले जनभावना र जनचाहनालाई शिरोधार्य गरी काम गर्ने बताउँदै भने, ‘जनताको भावनालाई टुट्न दिन्न, जनताको शिर झुकाउँदिन ।’ उनले भानु नगरपालिकाका विभिन्न वडामा घरदैलोलाई तीव्रता दिएका छन् ।
राजनीति र समाजसेवालाई सँगै अगाडी बढाएका श्रेष्ठले जनताबाट प्राप्त समर्थनले हौसला मिलेको बताए । ‘जनताको समर्थन नै मेरो जितको आधार हो,’ उनले भने ।