सेती दोभानको पुल निर्माण मेरो पहिलो प्राथमिकता : उम्मेदवार भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    सेती दोभानको पुल निर्माण मेरो पहिलो प्राथमिकता : उम्मेदवार भण्डारी

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७९, सोमबार


    दमौली । गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ नं २ का उम्मेदवार शंकर भण्डारीले भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार जोड्ने सेती दोभानको पुल निर्माण कार्य आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

    चुनावी घरदैलो अभियानमा रहेका उम्मेदवार भण्डारीले आइतबार मतदातासंगको भेटघाटका क्रममा सो कुरा बताएका हुन् । ‘अलपत्र पुलको निर्माण कार्य तत्काल अगाडि बढ्छ तपाईहरु ढुक्क हुनुहोस ।’उम्मेदवार भण्डारीले भने । ‘के कति कारणले निर्माण कार्य रोकिन पुगेको हो यस विषयमा पूर्ण जानकारी लिनेछु र काम अगाडि बढाउने छु ।’उम्मेदवार भण्डारीले भने ।

    भिमाद नगरपालिका वडा नं ८ र शुक्लागण्डकी नगरपालिका ७ जोड्ने उक्त पुलको निर्माण अगाडि नबढ्दा स्थानीय वासिन्दाहरु निकै चिन्तित हुन पुगेका छन् । पुल निर्माण नहुँदा स्थानीय बासिन्दाहरुले निकै सास्ती बेर्होदै आउनु परेको छ ।

    यसैबीच अलपत्र पुलको निर्माण कार्य तत्काल अगाडि बढाउनु पर्ने माग भिमाद र खैरेनीटारको सर्वसाधारण र व्यवसायीहरुले राखेका छन् ।खैरेनीटार निवासी व्यवसायी बसन्ता श्रेष्ठले सामाजिक सञ्जालमा सेती दोभानको पुल निर्माण कार्य तत्काल अगाडि बढाउनु पर्ने राखेकी छन् । सेती दोभानको पुल निर्माण भएको खण्डमा खैरेनीटारको व्यापार व्यवसायमा प्रवद्र्धन हुने श्रेष्ठको भनाई छ ।