दुलेगाैडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङले एमाले काम गर्ने पार्टी भएको बताएका छन् । चुनावको मिति नजिकिदै गर्दा घरदैलो अभियान अन्तिम चरणमा पु¥याएका नेता गुरुङले जनताले निष्पक्ष रुपमा मुल्यांकन गरि सुर्य चिन्हमा मतदान गर्ने विश्वास व्यक्त गरे ।
‘करिव ३ वर्ष संघ र प्रदेश सरकारको नेतृत्व गर्दा भएका कामको मौन अवधिमा गहिरिएर मुल्यांकन गर्नुहोस,’ उनले अगाडी भने, ‘भएका विकास निर्माण र बनेका निति नियमको सोचबीचार गर्दा पक्कै पनि मन अन्त जादैन ।’
गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका नेता गुरुङले चुनावको बेला विभिन्न प्रलोभन र भ्रम हुन सक्ने बताउदै यस्ता विषयप्रति सबै सचेत हुुनुपर्नेमा जोड दिए ।
बुधवार व्यास–५ र म्याग्दे गाउँपालिकाका विभिन्न क्षेत्रका मतदाताहरुसँग भेटघाट तथा कोणसभालाई सम्बोधन गर्दै उनले जनताबाट आएका गुनासो र समस्यालाई मनन गर्दै क्रमशः सम्बोधन गर्ने प्रतिवद्धता जनाए । घरदैलोको क्रममा विकासका कुरालाई मतदाताले प्रथामिकतामा राख्ने गरेका छन्, उनले भने, हामीले पनि पार्टीकोतर्फबाट योजना लिएर आएका छौं । आवश्यकताका आधारमा क्रमशः पुरा गर्दै जानेछौं ।
उनले गर्न नसकिने खालका योजनालाई निर्वाचन जित्नकैलागि भनेर ठूला आश्वासन कहिकतै नदिएको प्रष्ट पारे । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका गुरुङले भने, ‘ठूला आश्वासन र योजना लिएर गाउँ पुग्नेहरु काम गर्दैनन् । उनीहरुको ध्यान केबल मतकोलागि मात्र हुन्छ । त्यसैले मंसिर ४ मा न्यायपूर्ण ढंगले मतदान गर्नुहोला ।’
तनहुँ २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले नेकपा एमालेले जिते मात्र स्थिर सरकार बन्ने प्रष्ट पारे । ‘चुनावअघिनै ५ दल छन्, उनीहरुको भावी प्रधानमन्त्रीको टुंगो छैन,’ उनले थपे, ‘निर्वाचनको नतिजापछि सबै भताभुंग हुन्छ ।’ उनले स्थिर सरकार भएमा विगतमा एमाले नेतृत्वको सरकारले जसरी विकास निर्माणले गति लिने बताए ।
बुधवार मिजेथुम, तिलाहर, वरभन्ज्याङ, रानिस्वारा, घुम्ती, समिधारा, सिहाले, ब्यास–५ को सेरा, सिर्दी लगायत क्षेत्रमा पुगेका थिए ।