तनहुँमा निर्वाचनको तयारी पूरा, सबै केन्द्रमा पुगे कर्मचारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँमा निर्वाचनको तयारी पूरा, सबै केन्द्रमा पुगे कर्मचारी

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०७९, शुक्रबार

    दमौली । मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनका लागि मतदान सामग्री सहित सबै कर्मचारी मतदान केन्द्र पुगेका छन् ।

    जिल्लामा निर्वाचनको तयारी पूरा भएको र निर्धक्कसाथ निर्वाचनमा सहभागी हुन निर्वाचन कार्यालय तनहुँले जनाएको छ । निर्वाचन अधिकारी हरिप्रसाद ढकालले ढुक्कसाथ निर्वाचनमा सहभागी भएक मतदान गर्न आव्हान गरे ।

    मतदानमा खटिएका कर्मचारी मतदान केन्द्र पुगेर केन्द्र निर्माणको काममा जुटेका छन् ।