दुलेगाैडा । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले मतदान गरेका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री गुरुङले भिमाद नगरपालिका–९ स्थित भिमाद सामुदायिक भवनबाट मतदान गरेका हुन् ।
मतदानपछि गुरुङले तनहुँ क्षेत्र नम्बर २ मा एमालेको जित निश्चित रहेको बताए ।