दमौली । तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा रोकिएको मतदान कार्य सुचारु भएको छ। एमालेका दुई कार्यकर्ता पक्राउपछि रोकिएको मतदान कार्य बिहान ९:१५ बजेबाट सुचारु भएको हो ।
पक्राउ परेका कार्यकर्ता छाड्ने सहमति भएपछि मतदान कार्य सुरु भएको एमाले नेता विष्णुभक्त सिग्देलले जानकारी दिए ।