तनहुँ-२ मा कांग्रेसको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ-२ मा कांग्रेसको अग्रता

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७९, सोमबार

    दुलेगौडा । तनहुँ २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारिम्भक मतगणनामा नेपाली कांग्रेसका शंकर भण्डारीले अग्रता लिएका हुन् । हालसम्म १ हजार ६३७ मत गणना भएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार भण्डारीले ७६३ मत पाएका छन् ।

    नेकपा एमालेका किरण गुरुङले ४२६, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २४ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका विष्णु पराजुलीले ३८ मत ल्याएका छन् ।

    यो क्षेत्रमा १ लाख २५ हजार ५ मतदाता रहेकोमा ६८ हजार २७१ मत खसेको छ । १० जान प्रतिनिधि सभाका उम्मेदवार छन् ।