तेस्रो तनहुँ क्रिकेट लिगको उपाधि लियोलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तेस्रो तनहुँ क्रिकेट लिगको उपाधि लियोलाई

    खबरपुञ्ज संवाददाता

    ४ पुष २०७९, मंगलवार

    दमौली । तनहुँको व्यास नगरपालिका–५ पाटनमा सम्पन्न तेस्रो तनहुँ क्रिकेट लिगको उपाधि लियो क्लव अफ तनहुँले जितेको छ । सोमबार सम्पन्न फाइनलमा दमौली राइभल्सललाई एक सय रनको फराकिलो अन्तरले पराजित गर्दै लियोले उपाधि जितेको हो ।

    उक्त खेलमा ४७ रनको योगदान दिएका लियो क्लव अफ तनहुँका रमेश बस्नेत म्यान अफ दि म्याच घोषित भएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि लियो क्लवकै सुवर्ण खड्काले जिते ।

    पेलिकन्स क्लवको आयोजनामा पुस १ गतेदेखि सञ्चालित प्रतियोगिता तीन क्लवको सहभागिता थियो । प्रतियोगितामा आयोजक पेलिकन्स, लियो क्लव र दमौली राइभल्सको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष चन्द्रकान्त पौडेलले जानकारी दिए ।

    उपाधिसँगै लियो क्लवले नगद रु ४३ हजार र ट्रफी प्राप्त गरेको छ । प्रथम वर्ष आयोजित लिगको उपाधि दमौली रिभल्स र दोस्रोको उपाधि दमौली क्रिकेट क्लवले जितेको थियो ।