दमाैली । प्रधानमन्त्री बन्छु भनेर चुनाव प्रचारप्रसार गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा शेरबहादुर देउवालाई समर्थन गरेका छन् । तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेल देउवाको प्रस्तावक बनेका हुन् ।
निर्वाचनका बेला देशको कार्यकारी प्रमुख हुन्छु भनेका पौडेल आफै संसदीय दलका नेताको दौडबाट बाहिरिएका हुन् ।
तनहुँ १ का विभिन्न ठाउँमा चुनाव प्रचारका क्रममा पौडेलले अबको प्रधानमन्त्री आफू हुने भन्दै भाषण गरेका थिए ।