राष्ट्रपति बन्ने रामचन्द्र पौडेलको चाहना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रपति बन्ने रामचन्द्र पौडेलको चाहना

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०७९, शनिबार

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ-१ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले राष्ट्रपति बन्ने चाहना व्यक्त गरेका छन् । गठबन्धनलाई कायमै राख्ने र आफू राष्ट्रपति बन्नका लागि पौडेलले छलफल अगाडी बढाएका हुन् ।

    शनिवार पौडेलले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेटघाट गरेका छन् । पौडेलले आफू राष्ट्रपति बन्ने कुरामा दाहाल र नेपाल दुवैको सहमति लिन चाहेका छन् ।

    पौडेलसँग अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको अडानबाट पछि नहट्ने बताएका हुन् । प्रचण्डले आफ्नै कारण अहिले शेरबहादुर देउवा प्रधानमन्त्री बन्न पाएको भन्दै उनले अब माओवादीले पालो पाउनुपर्ने बताएका छन् । पौडेलले प्रचण्डलाई भेटेपछि केही नेताहरूलाई गरेको ब्रिफिङ अनुसार प्रधानमन्त्री नपाए उनी गठबन्धनमा नरहन सक्छन् ।

    प्रचण्डले आफू प्रधानमन्त्री र रामचन्द्र पौडेल राष्ट्रपति बन्दा शान्ति प्रक्रियाको स्पिरिट पनि मिल्ने र न्याय पनि हुने बताएका छन् । देउवाले डेढ वर्ष सरकार चलाइसकेकाले अब पहिलो चरणको प्रधानमन्त्रीमा आफ्नो हक लाग्ने प्रचण्डको भनाइ छ ।

    पौडेलकै कारण अहिलेको गठबन्धन बनेको भन्दै प्रचण्डले यसमा देउवालाई पनि कन्भिन्स गर्न आग्रह गरेका छन् । पौडेलले भने गठबन्धनको औचित्य नसकिएकाले को पहिले प्रधानमन्त्री बन्ने भनेर देउवा र प्रचण्डबीचमै समझदारी हुनुपर्नेमा जोड दिएका छन् ।

    प्रचण्डलाई भेटे लगत्तै रामचन्द्र पौडेलले शनिवार नै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।