अन्तरविद्यालय नृत्य प्रतियोगिताको उपाधि लालीगुराँसलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अन्तरविद्यालय नृत्य प्रतियोगिताको उपाधि लालीगुराँसलाई

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०७९, शनिबार

    दमाैली । एनप्याब्सन तनहुँको आयोजनामा दमौलीमा सम्पन्न अन्तर विद्यालय नृत्य प्रतियोगिताको उपाधि लालीगुराँस विद्या सागरले जितेको छ । व्यास नगरपालिका–३ खुल्लामैदानमा शनिबार सम्पन्न प्रतियोगितामा १६ विद्यालयलाई पछाडि पार्दै लालीगुराँसले उपाधि जितेको हो । कूल दुई सय पूर्णाङ्कमा लालीगुराँसले १२५.५ अङ्क प्राप्त गरेको छ ।

    प्रतियोगितामा १२२ अङ्क प्राप्त गरी न्यू मनकामना बोर्डिङ स्कूल द्वितीय भएको छ । त्यस्तै दमौली पब्लिक अङ्ग्रेजी बोर्डिङ स्कूल तृतीय भएको छ । ताराकुञ्ज बोर्डिङ स्कूल, ग्रिनस्टार बोर्डिङ स्कूल र आदर्श विद्यागृह बोर्डिङ स्कूल सान्त्वना भएको छ ।

    प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः रु १६ हजार, रु १२ हजार, रु आठ हजार र रु तीन हजार नगद प्राप्त गरेका छन् ।

    यसैगरी वक्तृत्वकला प्रतियोगितामा न्यू मनकामना बोर्डिङ स्कूलकी भावना कुंवर प्रथम भएकी छन् । ग्रिनस्टार बोर्डिङ स्कूलका आयुषा श्रेष्ठ द्वितीय हुँदा पराशर बोर्डिङ स्कूलका प्रिन्सेस तामाङ तृतीय र दमौली पब्लिक बोर्डिङ स्कूलका प्रविण रानाभाट सान्त्वना भए ।

    विजेताहरुले क्रमशः रु चार हजार, रु तीन हजार, रु दुई हजार र रु एक हजार नगद प्राप्त गरेका छन् ।

    विजेतालाई गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठले पुरस्कार वितरण गरेका छन्। सोक्रममा श्रेष्ठले विद्यार्थीमा रहेका अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि यसखाले कार्यक्रमले सहयोग गर्ने बताए ।

    विद्यार्थीमा रहेका प्रतिभा प्रस्फुटन गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको एनप्याब्सनका अध्यक्ष रामकृष्ण विकले जानकारी दिए।

    नृत्य र वक्तृत्वकला प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यालयले गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने कार्यक्रम संयोजक विश्वास केसीले जानकारी दिए।