रेडक्रस तनहुँको अध्यक्षमा प्रा.डा. गौतम सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रेडक्रस तनहुँको अध्यक्षमा प्रा.डा. गौतम सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०७९, शनिबार

    दमाैली । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको अध्यक्षमा प्रा.डा. कृष्णप्रसाद गौतम सर्वसम्मत चयन भएका छन् । रेडक्रसको शनिबार आयोजित ४० औं जिल्लासभा तथा १३ औं अधिवेशनबाट अध्यक्षमा प्रा.डा. गौतम सर्वसम्मत चयन भएका हुन् ।

    अधिवेशनबाट उपाध्यक्षमा कमलभक्त पोख्रेल र नारायणी अधिकारी, मन्त्रीमा सूर्यचन्द्र हड्खले, उपमन्त्रीमा केशव भट्टराई, कोषाध्यक्षमा प्रतापसिं अधिकारी, उपकोषाध्यक्षमा हरि सिग्देल सर्वसम्मत चयन भएका छन् ।

    पदाधिकारीमा सर्वसम्मत भए पनि सदस्यहरू सात जनामा आठ जनाको उम्मेदवारी परेको छ । सदस्यहरुमा सुमन थापा, विमल गिरी, विवेक न्यौपाने, विपीन्द्र सेन ठकुरी, श्रीकृष्ण आचार्य, केशवराज पोख्रेल, कृष्णप्रसाद न्यौपाने, मथुरा कृष्ण श्रेष्ठको उम्मेदवारी परेको छ । महिला सदस्यहरूमा चिनु पोख्रेल, केशमाया गुरूङ र सरस्वती थापा चयन भएका छन् ।