आईकिडो आईकिकाई संघ, नेपाल शुक्लागण्डकी नगर कमिटीमा सन्तोष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आईकिडो आईकिकाई संघ, नेपाल शुक्लागण्डकी नगर कमिटीमा सन्तोष

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७९, बिहीबार

    दुलेगौंडा । सर्वसाधारणको आत्मरक्षा, आत्मानिर्भर सिपको अभिबृद्धि गर्ने मुल उदेश्यका साथ आईकिडो आईकिकाई संघ, नेपालको शुक्लागण्डकी नगर स्तरीय कमिटि गठन गरिएको छ । बिहीबार दुलेगौंडामा भएको भेलाले सन्तोष श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कमिटी गठन गरिएको हो ।

    केन्द्रीय अध्यक्ष अर्जुन श्रेष्ठको उपस्थितिमा भएको भेलाले सचिवमा विर्सना श्रेष्ठ, कोषाध्यक्षमा विष्णु राना चयन भए । सदस्यहरुमा क्षेत्र बहादुर थापा क्षितिज, राजन श्रेष्ठ, विनोद कारंजित र विनिता सुनार रहेका छन् । यसैगरी सल्लाहकारमा प्रदिप थापा, मंगल प्रसाद श्रेष्ठ र गणेश कुमार श्रेष्ठ (जि.के.) रहेका छन् ।

    आईकिडो आईकिकाई जापानी आत्माशुरक्षा गर्ने मर्शलआर्ट नेपालमा अर्जुन श्रेष्ठले भित्र्याएका हुन् । उनले विगत १४ वर्षदेखि नेपालका बिभिन्न स्थानमा प्रशिक्षण दिंदै आएका छन् । आईकिकाई जापानको प्रधान कार्यालय बाट पा‘ँचौं डान हासिल गरेका श्रेष्ठले तीन दशकदेखि जापान, सिंगापुर, मलेशिया, न्यूजरल्यण्ड लगायतका देशमा यस खेलको अभ्यास र प्रशिक्षण दिंदै आएका छन् ।

    यो खेल सन् १९३१ मा जापानका महागुरु मोरिहे उशिवाले शुरु गरेका थिए । हाल बिश्वका १ सय ४० देशमा १७ लाख भन्दा धेरै खेलाडी हरुले यो खेलको आभ्यास गर्दै आएका छन् । शान्त जिवन, स्वस्थ्व शरिर, एकाग्र मस्तिष्क, समाजमा एक आपसमा आत्मियता अभिवृद्धि गर्ने उदेश्यले नगरमा कमिटी विस्तार गरिएको केन्द्रिय अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस खलको माध्यमबाट शारिरीक ब्यायम, स्वस्थ शरिर, शारिरिक लचकताको अभीवृद्धि गर्नेछ । साथै विद्यार्थी र महिलाहरु लाई हुने हिंसा, पुरुष, बृद्ध तथा बाल–वालीका लाई हुने बिभिन्न प्रकारको खतरनाक परिस्थिती बाट बाँच्न र बचाउन साथै आत्माशुरक्षा गर्न सहयोग गर्दछ । उनले यस खेलको प्रशिक्षण निकट भबिश्यमा शुक्लागण्डकीमा गर्ने तयारी गरिएको बताए ।