दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० धारापानीमा अवैध सालको काठ बरामद भएको छ । शुक्लागण्डकीबाट भिमादतर्फ जॉदे गरेको ग १ त ५७७२ नम्बरको ट्याक्टरबाट ४६ क्युफिट सालको काठ बरामद भएको हो ।
प्रहरीले शुक्लागण्डकी-८ बस्ने ३२ वर्षीय बासु कुमाललाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
प्रहरीले नचिरेको सालको काठसहित नियन्त्रणमा लिएको ट्याक्टरलाई वन कार्यालय बुझाएको छ ।