


दमौली । नेकपा माओबादी केन्द्रको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा तनहुँका हरि बहादुर चमान चयन भएका छन् ।
माओवादी केन्द्रको गण्डकी प्रदेश पार्टीको कार्यालय बैठकले चुमानलाई दलको नेतामा चयन गरेको हो । उनी यसअघि पनि माओवादी केन्द्रको संसदीय दलको नेता थिए ।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।

तनहुँ १ (२) बाट निर्वाचित चुमानले यसपटक मुख्यमन्त्री दावी गरेका छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारी मुख्यमन्त्रीको दावेदार हुन् ।