मतदातालाई धन्यवाद दिने घिरिङ पुगे सांसद भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    मतदातालाई धन्यवाद दिने घिरिङ पुगे सांसद भण्डारी

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०७९, मंगलवार

    दमौली । तनहुँ-२ का प्रतिनिधि सभा सदस्य शंकर भण्डारी मतदातालाई धन्यवाद दिन घिरिङ पुगेका छन् ।

    सांसद भण्डारीले मंगलबार घिरिङको मनफा , कामधेनु , साबुङ,पुर्कोट जितपुर र करुवाटारका मतदातालाई धन्यवाद दिएका छन् । धन्यवाद ज्ञापन कार्यक्रममा सांसद भण्डारीले मतदाताले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । कांग्रेस प्रतिपक्षमा पुग्दै गर्दा मतदाताहरुलाई विकास निर्माणका योजना आउँदैन कि भनेर एक किसिमको चिन्ता जाहेर गरेको हुँदा कुनै चिन्ता नलिन आग्रह गरेका छन् ।

    आफूलाई विकास निर्माणका योजना ल्याउन कांग्रेस सरकारमा जान अपरिहार्य नरहेको सांसद भण्डारीको भनाई थियो । ‘सिंहदरबार मैले राम्ररी चिनेको छु , कहाँबाट विकास निर्माणका योजना ल्याउनु पर्छ राम्ररी थाहा छ,’ भण्डारीले भने ।

    पूर्वमन्त्री समेत रहेका भण्डारीले क्षेत्र नं २ मा विकास निर्माणका योजनाको कमी हुन नदिने प्रतिवद्धता समेत जाहेर गरेका थिए । त्यस्तै प्रदेश सांसद एवं नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले घिरिङको विकासमा कांग्रेस प्रतिवद्ध रहेको बताएका थिए ।