दमौली । व्यास नगरपालिका-३ स्थित सिर्जना टोल विकास संस्थाको अध्यक्षमा केशकुमारी राना (काशी) चयन भएकी छन् । शनिबार सम्पन्न संस्थाको २३ औ वार्षिक साधारणसभा तथा १० औ अधिवेशनबाट रानाको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा कोपिला थापा, द्वितीय उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, सचिवमा हनिफ महमद मिया, सहसचिवमा राम श्रेष्ठ, कोषाध्यक्षमा सुकबहादुर तामाङ, सदस्यहरुमा लक्ष्मी खनाल ढुंगाना, सरिता श्रेष्ठ, राजकुमार परियार, सुक्ष्म श्रेष्ठ, राधा रानाभाट, दिलु श्रेष्ठ, मन्दिरा श्रेष्ठ, इन्दिरा रोका, पवित्रा थापा, टोलबहादुर थापा र नानीमाया श्रेष्ठ चयन भएका छन् ।
अतिथिलाई पिपलको व्याज
संस्थाका अध्यक्ष पुष्प श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरुलाई पिपलको पातबाट बनेको व्याज दिइएको थियो । व्याजमा अनावश्यक खर्च कटौती गर्दै नमूना कामको सुरुवात गरिएको संस्थाका सल्लाहकार त्रिभुवन श्रेष्ठले बताए ।
कार्यक्रममा वडाध्यक्ष अनुप राना, टोलका सल्लाहकार प्रेमकुमार श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, त्रिभुवन श्रेष्ठ लगायतले बोलेका थिए ।