दमाैली । व्यास नगरपालिकाका कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतबीचको मनमुटाव प्रकरणमा विभिन्न राजनीतिक दलले सर्वदलीय बैठक बोलाएर उक्त प्रकरण समाधान गर्न माग गरेको छ । नगरपालिकाका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतबीच गरेको घेराबन्दीलाई लिएर उत्पन्न परिस्थितिको समाधानका लागि तत्कालै सर्वदलीय बैठक आह्वान गरिएको हो ।
सत्तारुढ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नेकपा एकीकृत समाजवादी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), जनता समाजवादी पार्टी, नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी लगायतले शनिबार विज्ञप्ती जारी गरी नगरपालिकाकाे बेथिती र विकृतिको अन्त्य र कर्मचारीबीचमा हार्दिकता पैदा गर्नका लागि नगरपालिकाको नेतृत्वबाट पहल हुनुपर्ने जनाएका छन् ।