व्यासका मेयर उम्मेदवार जोशी भन्छन् – व्यासमा देखिएको समस्या गम्भीर हो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका मेयर उम्मेदवार जोशी भन्छन् – व्यासमा देखिएको समस्या गम्भीर हो

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७९, शनिबार

    दमौली । व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीले व्यासमा देखिएको अहिलेको समस्या गम्भीर रहेको बताएका छन् । व्यास नगरपालिकामा कर्मचारीबाच देखिएको विवादबारे धारणा राख्दै जोशीले यसलाई नगरवासीले नजिकबाट हेर्नुपर्ने बताए ।

    उनले भने, ‘मलाई कर्मचारी, मेयर कसैको पक्ष लिनु छैन। म जहिले पनि व्यास नगरवासीको सूख समृद्धिमा वोल्ने मान्छे भएकोले अहिले देखिएको समस्या गम्भीर समस्या हो। यसलाई नगरवासीले नजिकबाट हेर्नुपर्ने हुन्छ।’

    यस्तो छ जोशीको भनाई

    चार वटै वेद र महाभारत लेखेका व्यास भूमिमापर्ने नगरपलिकाका कर्मचारीले ठूलै काण्ड मच्चाए जस्तो छन्। आफू भन्दा वरिष्ठ कर्मचारी प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले त्यस्तो के दुख दिएछन् त? जसले गर्दा उनको अफिसमा भएको नाम प्लेट फाल्नु पर्ने र गाडीको चाबि नै खोस्नु पर्ने?

    बजारमा आएका हल्लाको आधारमा कसैलाई दोष दिनु मिल्दैन तर मैले बुझेको झगडाको कारण यी हुन।

    १. अनुशासनहिन कर्मचारीलाई अनुशासित हुन लगाउनु , काममा लगाउनु खर्च कटौती गर्दा पहिलादेखि काम नगरी झोले भएर खाई पिई मोज गरेर बसेका कर्मचारी लाई आर्थिक मन्दी भएपछि रिस पोखेको हुन सक्छ।

    २.कर्मचारीले १० देखि ५ सम्म काम गर्नुपर्छ, कर्मचारीले जग्गा दलाल गर्ने, धन्दा गर्ने पाउने छैनन् भनु, कमिशनको खेल बन्द गर्न खोज्नु
    डिजिट पेमेन्ट सिस्टम लागू गर्नु, नागरिकको सुविधाको लागि फ्री हेल्प डेस्क शुरु गर्नू, दमौली मा घर भएका कर्मचारीलाई घर भाडा दिनू हुन्न भन्नू र नगरपलिका नगईकन वडामानै योजनाहरुकाे सम्झौता गर्न लगाउनु जस्ता कार्य हरी राम नगीलाले गरेकाे हुनाले यो समस्या आएको हुन सक्छ।

    ३. गत चुनावमा पैसा बाँडेको त यहॉहरुलाई अवगतै छ। त्यो खर्च गरेको पैसा मेयर र उनका आसेपासेले उठाउने वातावरण लाई रोक लगाए पछि यो समस्या सृजना भएको हुन सक्छ ।