दमौली । व्यास नगरपालिका-५ स्थित आसागुरी खोल्सी धाराखोला मूल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा नरबहादुर रानाभाट चयन भएका छन् । समितिको बुधबार सम्पन्न चौथो अधिवेशन तथा बाह्रौ साधारणसभाबाट रानाभाटको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा अमर थापा, सचिवमा तीर्थमाया रानाभाट, सहसचिवमा अम्मर थापा मगर, कोषाध्यक्षमा रेखा आले र सदस्यहरुमा रविन्द्र शाह, पूर्ण थापा, माया प्रधान, कृष्ण पुन, गंगा थापा र नारायणसिं थापा चयन भएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा हेम पौडेल र सदस्यहरुमा नारायण गिरी, सीता गिरी, खगेन्द्र र रावण श्रेष्ठ चयन भएका छन् ।
अधिवेशनको उदघाटन गर्दै व्यास-५ का निवर्तमान वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मूलको संरक्षण गर्दै शुद्ध खानेपानी वितरणमा समितिले ध्यान दिनुपर्ने बताए ।
संस्थाका अध्यक्ष परशुराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य केशरी थापा, वेनीपाटन टोल विकास संस्थाका अध्यक्ष हेम पौडेल, पराशर मावि व्यवस्थापन समिति अध्यक्ष उषा पौडेल, पाटन युवा क्लवका अध्यक्ष अमर थापा लगायतले मन्तव्य राखेका थिए ।