दमौली । दमौलीमा जारी पॉचौ तनहुँ जनजाति तथा सांस्कृतिक महोत्सवमा आज चर्चित कलाकारको प्रस्तुती रहने भएको छ ।
महोत्सवलाई संगीतमय बनाउन दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहँदै आएको छ ।
गत शुक्रबारदेखि सुरु महोत्सवमा आज चर्चित लोक गायक पशुपति शर्मा, युवामाझ प्रख्यात किरण भुजेल र मन्जु विकको प्रस्तुती रहने महोत्सवका मूल संयोजक एवं नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष सुजित हिराचनले जानकारी दिए ।