एनप्याब्सनको दशौं खेलकुद महोत्सवको उपाधि मनास्लुलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एनप्याब्सनको दशौं खेलकुद महोत्सवको उपाधि मनास्लुलाई

    खबरपुञ्ज संवाददाता

    १५ माघ २०७९, आईतवार

    दमौली । एनप्याब्सन तनहुँले आयोजना गरेको दशौं खेलकुद महोत्सवको उपाधि बन्दीपुर गाउँपालिका–१ स्थित मनास्लु बोर्डिङ स्कूलले जितेको छ । शुक्रबार सुरु भई आइतबार सम्पन्न खेलकुद महोत्सवमा कूल १४ पदक जित्दै मनास्लुले उपाधि जितेको हो ।

    खेलकुद महोत्सवमा मनास्लुले सात स्वर्ण, तीन रजत र चार कास्य पदक जितेको छ । उपाधिसँगै मनास्लुले रनिङशिल्ड ट्रफी प्राप्त गरेको छ ।

    उक्त प्रतियोगितामा ग्रिनस्टार बोर्डिङ स्कूल द्वितीय भएको छ । ग्रिनस्टारले छ स्वर्ण, पाँच रजत र दुई कास्य पदक जितेको छ । त्यस्तै पाँच पदक जित्दै लालीगुराँस बोर्डिङ स्कूल तृतीय भएको छ । लालीगुराँसले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक जितेको छ ।

    ब्राइट भिलेजले चार, न्यु मनकामनाले चार, दमौली सेकेण्डरी बोर्डिङले तीन, दोभानले दुई, सतिश बोर्डिङले दुई, फिस्टेलले चार, तनहुँ ज्ञानगङ्गाले चार, जयबुद्धले दुई, व्यास मनकामनाले तीन, न्यु मनसुनले एक, तनहुँ तारापुञ्जले एक, मोर्डन चिल्ड्रेनले एक, आदर्श विद्यागृहले एक, न्यु भिजनले एक र पराशरले एक पदक जितेको खेलकुद महोत्सवका संयोजक एवं एनप्याब्सन तनहुँका सहसचिव विश्वास केसीले जानकारी दिए ।

    विजेताहरुलाई एनप्याब्सनका केन्द्रीय सदस्य सन्त तामाङ, जिल्ला अध्यक्ष रामकृष्ण विक लगायतले पुरस्कार प्रदान गरे ।

    सोही अवसरमा दुई पटक लगातार रनिङशिल्ड जितेको ग्रिनस्टारलाई नगद रु २५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

    त्यसक्रममा २२ विधामा पाँच सय भन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । खेलकुद महोत्सवमा एथलेटिक्सतर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर दौड, लङजम्प, हाइजम्प, सटपुट र भलिबल खेलमा प्रतिस्पर्धा गराइएको थियो ।

    विसं २०७७ र २०७८ मा कोरोना कहरका कारण खेलकुद महोत्सव सञ्चालन हुन सकेको थिएन । यसअघि आठौ र नवौं खेलकुद महोत्सवको उपाधि व्यास नगरपालिका–५ स्थित ग्रिनस्टार बोर्डिङ स्कूलले जितेको थियो ।